भाडा वृद्दि फिर्ता नभए कडा आन्दोलन गर्ने विद्यार्थिको चेतावनी

Written by NEPALINK. Posted in अर्थ समाचार

Published on November 08, 2011 with No Comments

२१ कार्तिक, काठमाण्डौ । सरकारले मनोमानी तरिकाले सार्वजनिक यातायातको भाडादरमा वृद्दि गरेको आरोव लगाउदै विद्यार्थी सङ्गठनहरुले प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई भाडा वृद्धि खारेज गर्न माग गरेका छन । प्रधानमन्त्री कार्यलय सिहंदरवारमा पुगेको १३ विद्यार्थी संगठनले सरकारले ९ दशमलव ९ प्रतिशतले वृद्दि गरिएको भाडा खारेजको माग गर्दे ज्ञपन पत्र वुझाएका छन । भाडा वृछि सरकारले तत्काल जनतालाई राहत होइन ढाड सेक्ने बाहना मात्र भएको ञापन पत्र बुझाएपछि एमाओवादी निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष जागृत रायमाझीले बताउनु भयो । रायमाझीले भाडा वृद्दि खारेज र विद्यार्थीहरुलाई दिदै आएको ४५ प्रतिशत छुट कार्यन्वयनमा कुनै समस्या आए कडा आन्दोलनमा उत्रने बारे प्रधानमन्त्रीलाई अबगत गराएको बताउनु भयो । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफ्नो सरकार जनता प्रति जिम्वेवार रहेकाले सबै पक्षलाई समेट्न बाध्यताबश वृद्धि गरेको स्पष्ट पार्नुभयो ।

No Comments

There are currently no comments on भाडा वृद्दि फिर्ता नभए कडा आन्दोलन गर्ने विद्यार्थिको चेतावनी. Perhaps you would like to add one of your own?

Leave a Comment