गढीमाई 2066 [Documentary]

Written by nepalink.com. Posted in भिडियो, समाज

Tagged: , ,

Published on November 11, 2011 with No Comments

नेपालको तराई क्षेत्रका प्रसिद्ध शक्तिपीठमध्ये बारा जिल्लास्थित गढीमाई पनि एक हो । बाराका सदरमुकाम कलैयाबाट झण्डै आठ किमि पूर्व बरियारपुरस्थित गढीमाईको मेला हरेक पाँच-पाँच वर्षमा मार्ग शुक्ल सप्तमीदेखि आरम्भ हुन्छ । नेपालका विभिन्न क्षेत्रबाट लाखौँ दर्शनार्थीहरू ओइरो लाग्ने यस पीठमा हजारौँ भारतीय दर्शनार्थीहरू पनि आउने गर्छन् ।

बरियारपुरको खुल्ला चउरमा राखिएको त्रिशूलबाट मानिसका शूल रुपी तीन ताप आध्यात्मिक, आदिर्देविक र आदिभौक्तिक नाश हुन्छन् भन्ने जनविश्वास छ । त्रिशूल स्थापना भएकेा दक्षिणतिर हाल देवीको मूर्तिसहित मन्दिर पनि देख्न सकिन्छ । मन्दिरबाट पूर्व-दक्षिणतिर पीपलबोटसँगै ब्रहृमाको स्थान पनि हेर्न लायक छ ।
gadimai

पूर्वतिर रहेका ब्रहृमास्थलबाट मार्ग शुक्ल सप्तमीका दिन सरसफाइ लिपपोत गरी गढीमाईलाई स्वागत गर्दै पाँचदिनसम्मको पूजा गरिसकेपछि अरूका लागि दर्शन खुला गरिन्छ । गढीमाईका पुजारी थारूजातिका छन् । गढीमाईको पूजाआजा गर्दा कङ्कालीमाई, जाखिनमाई, भक्तिमाईको पनि पूजा गरिन्छ । यतिबेला गढीमाईका बहिनीहरू- मनकामना, संसारी, साम्ये, राजदेवी, गढवाडा, जोरलाही,

वनशक्ति आदिको पनि पूजा गरिन्छ ।

गढीमाईको उत्पत्तिबारे विभिन्न जनश्रुति छ । एक किंवदन्तीअनुसार धेरैले यिनलाई भारत कलकत्तेकी कालीको स्वरूप भन्दछन् । सिम्रौनगढका तान्त्रिक धामीले कलकत्तेकी कालीको कृपा पाएर कुश आदि विभिन्न वनस्पतिबाट बाघको दाईं गराएर धानको बीउ निकाल्न सक्तथे रे । रसोगुरु नामक ती धामीसँग यस्तो

क्षमता देखेर सिम्रौनगढका राजा सुरजसिंहले उनलई बोलाएर सोधेछन्- ‘यस्तो शक्ति कहाँबाट कसरी पाएको कलकत्ताकी

कालीबाट पाएको भन्ने जानकारी पाएपछि राजाले त्यस्ति देवीको दर्शन गर्ने इच्छा राखेछन् त्यसपछि रसोगुरुले कलकत्ताकी कालीको ‘अंश’ ल्याएर बरियारपुरमा राखिदिएछन् राजाले त्यहीँ पहिलोपल्ट दर्शन पाएछन् । पछि गएर यिनै काली गढीमाईको नामले सबैतिर चिनिन थालिछन् ।

त्यस्तै अर्को किंवदन्तीअनुसार सत्रौँ शताब्दीमा मकवानपुरमा सेन राजाहरूले राज्य गर्थे, स्थानीय एक भगवान् चौधरी नामक व्यक्ति राजस्व छलेको मुद्दा लागी जेल परेछन् । सेन राजाको राजस्व मुद्दा खेप्ने सम्बन्धमा ती चौधरी जेलमै छँदा मकवानपुरकै गढीमाईले आफू अन्यत्र सर्ने विचार गरी तिनै चौधरीलाई सपनामा आग्रह गरिछन् । आफू बन्धनमा रहेको र उनलाई सार्न असमर्थ जनाएपछि देवीकै कृपाले उनी जेलबाट छुटी मकवानपुरीकी माईलाई बोकेर हिँडेछन् । विभिन्न झाडी, वन-जंगल पार गर्दै ती देवीलाई बोकेर हिँडेका ती चौधरी बरियारपुर पुगेछन् र देवीलाई त्यहीँ छाडेछन् । हाल पनि मकवानपुरमा ‘मकवानपुरगढी’ हुनु र बरियारपुरको गढीमाई मेलामा हालसम्म ‘चौधरी’ पुजारी हुनुले यी कुरामा कताकता सामञ्जस्य रहेको अनुभूत गर्न सकिन्छ ।(source)

गढीमाई मन्दिर नेपालको नारायणी अञ्चल, बारा जिल्लामा अवस्थित तराई क्षेत्रका प्रसिद्ध शक्तिपीठ हो । बारा जिल्लाको सदरमुकाम कलैयाबाट झण्डै आठ किलोमिटर पूर्व बरियारपुरस्थित गढीमाईको मेला हरेक पाँच-पाँच वर्षमा मार्ग शुक्ल सप्तमीदेखि आरम्भ हुन्छ । नेपालका विभिन्न क्षेत्रबाट लाखौँ दर्शनार्थीहरू ओइरो लाग्ने यस पीठमा हजारौँ भारतीय दर्शनार्थीहरू पनि आउने गर्छन ।

बरियारपुरको खुल्ला चउरमा राखिएको त्रिशूलबाट मानिसका शूल रुपी तीन ताप आध्यात्मिक, आदिर्देविक र आदिभौक्तिक नाश हुन्छन् भन्ने जनविश्वास छ । त्रिशूल स्थापना भएकेा दक्षिणतिर हाल देवीको मूर्तिसहित मन्दिर पनि देख्न सकिन्छ । मन्दिरबाट पूर्व-दक्षिणतिर पीपलबोटसँगै ब्रहृमाको स्थान पनि हेर्न लायक छ । पूर्वतिर रहेका ब्रहृमास्थलबाट मार्ग शुक्ल सप्तमीका दिन सरसफाइ लिपपोत गरी गढीमाईलाई स्वागत गर्दै पाँचदिनसम्मको पूजा गरिसकेपछि अरूका लागि दर्शन खुला गरिन्छ । गढीमाईका पूजारी थारूजातिका छन् । गढीमाईको पूजाआजा गर्दा कङ्कालीमाई, जाखिनमाई, भक्तिमाईको पनि पूजा गरिन्छ । यतिबेला गढीमाईका बहिनीहरू- कटबासीमाई,ककालीमाई,मनकामना, संसारी, साम्ये, राजदेवी, गढवाडा, जोरलाही, वनशक्ति आदिको पनि पूजा गरिन्छ ।

गढीमाईका अहिलेका पूजारि मगल चौधरि रहेका छ्न्।- source

GADHIMAI DOCUMENTARY PART 1 :

GADHIMAI DOCUMENTARY PART 2:

GADHIMAI DOCUMENTARY PART 3:

STOP KILLING ANIMALS !!!

No Comments

There are currently no comments on गढीमाई 2066 [Documentary]. Perhaps you would like to add one of your own?

Leave a Comment