बद्लेकी म…

Written by NEPALINK. Posted in बिचार

Published on August 03, 2011 with 8 Comments

स्मिता गुरुङ 
पोखरा (हाल द.कोरिया)

मानिसका चाहना इच्छा आकांक्षा असिमित हुन्छन । सायद त्यही चाहाना लाई पुरा गर्नलाईनै भन्नु पर्‍यो ३ वर्ष पहिला म रोजगारीको सिलसिलामा कोरिया आईपुगे । त्यो दिन कसरी भुल्न सक्छु र म मनमा नयाँ उमङ,हर्ष र धेरै सपना सत्यता म परिणत भएको दिन,सायद मुग्लानी नगरमा गएर जीवनमा परिवर्तन हुन्छ कि भन्ने अपेक्षा वास्तविकतामा पुरा गर्ने सुरमा लम्कदै थिए ।
आरिराङ टेलिभिजनमा देखेको डायनामिक कोरिया एअरपोर्ट देखी कम्पनी सम्मको बाटोमा देखेकी थिए । गगनचुम्बी भवन जसले आकाशलाई नै छेड्ने गरी ठदिएका थिए । तिब्र गतिमा गूडेको गाडीमा बसेर बाहिर नियाल्दा म छुट्टै संसारमा प्रवेश गरेको महशुस भईरहेको थियो । म चडेको गाडीले बिकासको उच्चतम प्रयोग भएका लम्पसार परेर सुतेका बाटो हरु छिचल्दै कम्पनीमा ल्यायो जहाँ मेरो उर्जासिल समय ५ वर्ष खर्चिनु थियो ।
साँचो भन्नु पर्दा म नेपालमा कम्पनी समेत देखेकी थिईन भन्दापनी हुन्छ । भनेपछी कामगरेको अनुभव हुने कुरा नै भएन, तर मेरो उत्सहा भविश्यलाई बादल्ने मेरो सोचले गर्दा अदक्ष्य कामदार भएपनी गार्हो महशुस गरिन । बुवाआमा साथीभाइ नसम्झने सवाल हुन्थेन तरपनी नयाँ परिवेश नयाँ संसारमा रहेकोले फोनको माध्यम बाट असेट मेट्टाएर बस्दा नयाँ साथीको उपस्थिती नयाँ भाषाको प्रयोगले वास्तविक प्रभासी जीवन सुरु गर्दै थिए । भाषा नबुजेर गाली खाँदा रोएका दिन वास्तवमानै नौलो अनुभव थियो । चाइनिज र कोरियान साथी हरुको बिचम म नेपाली महिलाको उपस्थितीले बहुभाषा बहुसांस्क्रिती कती महत्वो हुन्छ प्रस्ट पारेको थियो ।
मलाई कोरियाले जिउन सिकाको छ । जीवन सँग लड्न सिकाएको छ । समयलाई सही ठाँउमा सदुपयोग गर्न सिकाएको छ । म अझै पनि सम्झिन्छु म नेपालमा समुहमा साथीहरु सँग रमाइलो गर्ने, बाबुआमा सँगको सामिपले गर्दा होला वर्तमान लाई मात्र मुल्यङ्कन गर्ने बानी थियो ।
अचेल समुहमा रमाउने बानी काम संग रामाउने पो बनेको छ । अचम्मित बन्दै छु मित्रताको रुपमा मेहनत लाई पो पाएकी छु । तर कोरियाले मलाई कठिन परिश्रम गर्नलगाइ समयलाई छोपेर भविश्यलाई सार्थक तुल्याउने साहास दिएको छ । मानव स्वभाव होला सुखको लागि दु:ख गर्न पछी हट्दैन तर हो त्यही सुखको लागि मलाई कर्मयोगी बनाएको छ कोरियाले मलाई ।
अहिले मेरा अभिभावकले भनेका कुरा सम्झिन्छु बेलाबेलामा गलत रहेछ कि त्यो सोचाई जस्तो लाग्छ किनकी हामीले कल्पना गरे जस्तो हुन्न, हन्डर दु:ख हुन्छ भनी केटी मान्छे संघर्स गर्न कठिन हुन्छ भनी ब्यक्त गर्नुहुन्थ्यो । तर म त निर्धक्क भन्छु मेरो निर्णय सही नै रहेछ, मलाई स्वाभिमान परिश्रमी र समयलाई चिन्ने मौका दिन्छ, देश प्रतीको माया र भावना चिन्ने हैसियत बनाउछ ,साथै चिन्ता भने अवश्य हुँदो रहेछ बद्लेकी मलाई देशको अवस्थाले बदल्ने त हैन ?

8 Comments

There are currently 8 Comments on बद्लेकी म…. Perhaps you would like to add one of your own?

  1. I really like this बद्लेकी म…Post coz It has included all the Nepalis workers (who come in Korea for work) feelings. Writer ko Lekhan saili pani dherai ramro cha.

  2. brilliant!!! keep it up

  3. wow!!! ekdam mann chune article cha…. proud of u my sis….

  4. well done smita..

    • Hats off to u…

  5. great article!!! ekdamai ramro cha

  6. tapaiko yesto article padhera malai ni ajhai josh ra jaagar aayo sis thank u

  7. rlly nice one dear keep it up la

Leave a Comment