२ फागुन, एजेन्सी । भारत र जर्जियामा रहेको इजराइली दुताबास बाहिर इजरायललेनै बिस्फोट गराएको इरानले दावी गरको छ ।
दुतावास बाहिर बिस्फोट गराएको आरोप आएपछि इरानले प्रतिउत्तर दिँदै दुईदेश बिचको सम्बन्ध राम्रो छैन भन्ने देखाउन इजरायल आँफैले बिस्फोट गराएर इरानलाई आराप लगाएको बताएको छ ।
हिजो भारतको नयाँ दिल्लीमा रहेको इजरायली दुतावास बाहिर बिस्फोट गराइएको थियो । र त्यही समयमा जर्जियाको तिब्लिसी शहरमा रहेको दुतावासमा पनि बिस्फोट गराईएको थियो ।
यो घटनामा इजरायलले इरानलाई दोष लगाएको थियो तर इरान बिदेश मन्त्रालयका प्रबक्ता रमीन मेहमनपरस्तले एक बिज्ञप्ती जारी गरेर इजरायल आँफैले बिस्फोट गराएको दाबी गरेको बिबिसीले जनाएको छ ।

No Comments
There are currently no comments on भारतको इजरायली दुतावासमा इजरायलबाटै बम बिस्फोट. Perhaps you would like to add one of your own?