आज रङ्गहरुको पर्व होली, भब्य रुपमा मनाइदैँ

Written by NEPALINK. Posted in समाज

Published on March 07, 2012 with No Comments

२४ फागुन, काठमाडौ । आज रंगहरूको पर्व फागु पूर्णिमा । अर्थात् होली । काठमाडौं उपत्यकालगायतका पहाडी जिल्लामा हर्षोल्लासपूर्वक मनाइदैछ ।

फागु पूर्णिमालाई वसन्त पर्व तथा चीर पर्व पनि भनिन्छ । भगवान श्रीकृष्णले गोपिनीको वस्त्र हरण गरेको, विष्णुभक्त प्रल्हादलाई मार्न हिरण्य कश्यपुले बहिनी होलीकालाई आगोमा होमाएको र भगवान रामले रावणमाथि विजय प्राप्त गरेकोजस्ता धार्मिक पक्षसग जोडिएको फागु पूर्णिमालाई सद्भावको प्रतीक मानिन्छ ।

तराईका २३ जिल्लामा भने होली पर्व भोलि मात्र मनाइने प्रचलन  रहेको छ । इच्छाविपरित जथावाभी लोला हान्ने, रंग दल्ने तथा रसायनयुक्त पदार्थ प्रहार गर्नेलाई सुरक्षा निकायले कडा कारवाही गर्ने चेतावनी दिएको छ ।

यसैबीच होली पर्वको उपलक्ष्यमा राष्ट्रपति डा.रामवरण यादव, प्रधानमन्त्री डा .बाबुराम भट्टराईलगायत विभिन्न दलका नेताहरूले शुभकामना सन्देश जारी गर्नुभएको छ ।

No Comments

There are currently no comments on आज रङ्गहरुको पर्व होली, भब्य रुपमा मनाइदैँ. Perhaps you would like to add one of your own?

Leave a Comment