भारतीय क्रिकेटर सचिन तेन्दुल्करले अन्तर्राष्ट्रिय क्रिकेटमा एक सयवटा सतक बनाउने नयाँ किर्तीमान बनाएका छन् ।
एशीया कप क्रिकेट अन्तर्गत आज भएको बंगलादेश विरुद्धको खेलमा सतक बनाएपछि तेन्दुल्करले उक्त दुर्लभ किर्तीमान राखेका हुन् । तेन्दुल्करले एक दिवसीय क्रिकेटमा ४९ सतक बनाएका छन्भने टेस्ट क्रिकेटमा ५१ सतक बनाएका छन् ।
किर्तीमानी सतक बनाएपछि तेन्दुल्करले गत वर्ष ९९ वटा सतक पुरा गरेपछि आफू वास्तवमै दवाबमा आएको अनुभव सुनाए ।
अन्तर्राष्ट्रिय क्रिकेटमा एक सयवटा सतक बनाउने तेन्दुल्कर पहिलो व्याट्सम्यान बनेका छन् । बंगलादेश विरुद्ध आजको खेलमा निकै संयमीत व्याटिङ गरेका तेन्दुल्करले सयौं सतक पुरा गर्न १ सय ३८ बल खर्चीएका थिए ।
तेन्दुल्करको यो सतकलाई भारतीय संचार माध्यमहरुले महासतकको संज्ञा दिएका छन् । तेन्दुल्करले महासतक बनाएपछि भारतका राष्ट्रपति, प्रधानमन्त्री लगायतका नेताहरुले बधाई दिएका छन भने भारतीय क्रिकेट समर्थकहरु खुशीयाली मनाईरहेका छन् ।
यो खुशीसँगै तेन्दुल्करले खेलमा किर्तीमान राख्न भन्दापनि वास्तविक खेल भावमा डुबेर यसको आनन्द लिन सबैलाई अनुरोध गरे ।

No Comments
There are currently no comments on तेन्दुल्करले एक सय सतकको किर्तीमान बनाए. Perhaps you would like to add one of your own?