प्रतिक्षाको लामो समय पछि
एक रात तिमि म संग हुनेछौ
जुन रात हामि
मन भित्र को दोसहरुलाइ
नदि को स्वच्छ पानिले बगाउनेछौ
कल्पनाको तिम्रो अंगालोमा हैन
यथार्थताको गलैचामा धक फुकाएर
मेरो मुन्टो थन्काउने छु
त्यही रात हामी माया को पोकाहरु फुकाउनेछौ
सुटुक्क कसैले नदेख्ने गरी
तर
एउटा मात्र हाम्रो साक्षी हुनेछ
जुनली रात को मिठो मुस्कान
पलेटी कसेर बसेका मेरा दिनहरु
अझै पनि तिम्रा बाटाहरु कुरिरहेका छन
सुगन्धित अत्तरहरु
कोठाभरि अल्मलीएर बसिरहदा
तिमी आउने बाटा भरि
ढकमक्क फुलेका ति रङी बिरङी फुलहरु
उत्ताउलियरा तछाड मछाड गर्दै
तिम्रो स्वागत मा दौडनेछन
आउ
तिम्रो र मेरो हृद्यको भावालाइ सम्बोधन गरौ
तिमी अझै दोधार मै छौ भने
यती मात्र बुझ्नु तिम्री
स्पर्श मा मैले आनन्द को मोल खोजेको होइन
मात्र एउटा यादको थुप्रो थुपारेर
सगै सगै जीवनका हिसाब किताब गर्नेछौ
त्यही रात
जीवनको पहिलो र आन्तिम भेट
हामी इतिहासमा लेख्नेछौ
न हिजो न आज
भोलीलाई सलाम ठोकेर
उहि एक रातको
माधुर्य भेटको अन्तिम प्रहर
तिमी भन्दा धेरै टाढा
धेरै पर कहिल्यै नभेट्ने गरी
म आफ्नै दाहसंस्कार गर्नेछु

No Comments
There are currently no comments on म आफ्नै दाहसंस्कार गर्नेछु. Perhaps you would like to add one of your own?