HRDका सरकारी कर्मचारी राजु भन्छन ६ वर्ष पुरा भएपछी समयवधी सकिने

Written by NEPALINK. Posted in कोरिया समाचार, परिचय

Published on August 09, 2011 with 1 Comment

 

राजीव भण्डारी (प्र.सम्पादक)हेर्दा कलिलो उमेरका देखिने राजु कार्की आज भन्दा १० वर्ष अगाडि कोरिया प्रवेश गरेका हुन । लगन र मिश्ठभाषीका धनी राजु कोरियान भाषा संस्क्रीती तथा वैदेशिक नियम कानूनको अध्यान गर्दै आएका छन । कोरियामा नेपाली भाषा संस्कृतिको क्षेत्रमा उल्लेखनिय योगदान दिंदै आएका राजु वस्तमानै नेपाली कामदारहरुका दु:खका साथी बनेका छन ।

श्रमलाई माया गर्ने मूलुक कोरियामा अनेकौ घटनाहरु घटेका उदाहारण छन । इन्छन वैदेशिक साहायता केन्द्रमा २००७ देखी २००९ सम्म कार्य गर्दा धेरै नेपाली लगायत बिदेशी कामदारहरुका भरोसाका पात्रा बनेका थिए । वैदेशिक रोजगार सहयोग केन्द्रमा १ वर्ष कार्यरत हुँदा बेरोजगारिहरुका लागि दिन्रात नभनी खटेका कार्की कोरियामा रहेका नेपाली समाजहरु भन्दा अलग्गै रहेरपनी ऊनिहरुले भन्दा उदाहारणिय कार्य गर्दै आएका छन । कोरियायमा आईपर्ने समस्याहरुका लागि नेपालीका लागि मात्र नभै एकजना फिल्लिपिनो मजदूरले भन कार्की साँच्चिकै हाम्रो लागि अहोरत्र खट्ने हाम्रा मित्र हुन । इन्छन महानगरपालिका बाट व्यबसायिक रुपमा दोभासेको उल्लेख्य भूमिका निर्वहा गरेका राजु कोरियाको वेदिशिक निती नियममा समेत ज्ञाता छन । दुई देशको भाषा संस्कृतिलाई उल्लेख्य योगदान गरेबापत कोरियानहरुका बिचमा पनि उत्तिकै लोकप्रिय राजु नेपाली समाज समिती बाट भनी अलिक टाढा रहेर पनि धेरै नेपाली श्रमिकहरुका लागि आस्थाको केन्द्र बन्न सफल भएका छन ।

नेपालीहरुका लागि कोरिया एउटा आकर्षण बनेको छ । सिमित लगानीमा पनि उच्चतम आय गर्ने सकिने हुनाले पनि लाखौं नेपालीहरुका लागि कोरिया एउटा पुग्नै पर्ने गन्तब्यको रूपमा परीणत हुद्छ । देशलाई रोमिटेन्स भित्राउन अहम भूमिका खेलेको कोरियामा आउने वर्षमा १०००० जती कामदार ई.पि.यस माध्याम बाट आँऊदै छन । तरपनी छोटो तालिम भाषागत समस्याले गर्दा राम्रो सँग नबुझी आएकाले फर्किएर जाने पनि रहेको ब्यक्ता गर्दै राजु यसैकारणले गर्दा पनि आफुले ई.पि.यस सम्बन्धी शिक्षा साथै तालिमहरु निरन्तर लिएको बताए ।हाल एच।आ।आर।डी इन्छन शाखामा कार्यरत राजु नेपाली पाकिस्तानी र फिलिपिनोहरुका लागि कार्य गर्दै आएका छन । कोरियानभाषामा राम्रो दख्खल रहेका राजुले विभिन्न स्कुल,पत्रीका रेडियोहरु लगयत संचारमा पनि दोभाषेका साथ् साथै नेपाली संस्कृतिलाई प्रचार गर्ने काम गरिरहेका छन । इन्छन वहुसंस्क्रिती पत्रीकाको संवादाता एंवम अनुवादक समेत रहेका राजु स्थानिय कोरियान कर्मचारीलाई नेपाली,हिन्दी र अंग्रेजी भाषा प्रशिक्षण दिने गर्छन् । कोरियामा रहेका करिब ६० वटा संस्थामा कुनै दिल्चस्पी नराखी ति संस्थाहरुले भन्दा चाहे नेपाली लाई होस् अथवा वैदेशिक मजदूरलाई नै किन नहोस् उच्चतम सहयोग पुराऊदै आएको इन्छन क्षेत्रमा रहेका नेपाली मजदूर प्रदिप तामङ्ले ब्यक्त गरे ।एसियाली खेलकूद २०१४को संचालक समितिमा समेत रहेका राजु बोल्दाको क्रममा अहमको कत्ती पनि ऊनको मुहारमा आएको थिएन ।

हामी संग बोल्दाको क्रममा ब्याक्तिहरुले वैदेशिक नितिनियम तोडमोड गरेर हाऊगुजी फैलाइरहेको अवस्थामा ऊनले सुझाव दिंदै भने-कोरियामा विभिन्न कार्यक्षेत्रमा कार्यरत नेपालीहरुको समस्याको समाधान गर्नको लागि म सदासर्वदा अग्रसर रहीरहनेछु । विशेषरुपमा कोरियामा वैदेशिक मजदूरको रुपमा कार्यगरी ६ ठौं वर्ष पुरा गर्न लागेका नेपालीहरुको लागि भिजा अबधि थपिदिने प्रलोभन देखाई ठगी गर्ने कार्य भैरहेको सुन्नमा आएकोले त्यस्तो भ्रममा नपरी होशियार रहनु हुन विशेष अनुरोध गर्दछु । ६ वर्ष पुरा भएपछि कोरियामा भिजा परिवर्तन गरी कामलाई निरन्तरता दिने प्रक्रिया जटिल छ । कतिपय दलालहरुले भिजा परिवर्तन गर्नको लागि प्रलोभन देखाई ठगी गरिरहेको उजुरी एचआरडि कोरियामा पर्न आएकोले त्यस्तो गैरकानुनी प्रक्रियामा नफस्न हुन अनुरोध गर्दछु । भिजा परिवर्तन सम्बन्धी कुनै सूचनाको आवश्यकता परेको खण्डमा भने एच.आर.डि कोरियामा सम्पर्क गर्नुहुन अनुरोध छ । कोरियामा कार्यअवधि पुरा गरी नेपाल फर्कनुहुनुहरुले एच.आर.डि कोरियाद्धारा प्रदान गरिने कोरियाली कार्य अनुभव पत्र (Experience Letter) वितरण भै रहेकोले उक्त पत्र लिई जानुहुन अनुरोध छ । Return job कार्यक्रम जसमा तपाईले नाम दर्ता गरेर जानुभयो भने भविष्यमा सुवर्ण कार्यको अवसर पाउनु हुनेछ ।

1 Comment

There are currently 1 Comment on HRDका सरकारी कर्मचारी राजु भन्छन ६ वर्ष पुरा भएपछी समयवधी सकिने. Perhaps you would like to add one of your own?

  1. .sirsak herda samachar jasto lagyo tara backtigat parichaye rahi6a ,lekhan saili ra sabdik suddhata ma dhyan dinuhola…..

Leave a Comment