विश्वको एकमात्र हिन्दूराष्ट्र नेपाल

Written by nepalink.com. Posted in बिचार

Tagged: , ,

Published on June 01, 2012 with No Comments

आदरणीय नेपाली जनगण
अहिले यो विश्वको एकमात्र हिन्दूराष्ट्र नेपाल गम्भीर समस्याभित्रबाट गुज्रिरहेको छ भन्नेकुरा सबैलाई थाहा छ । यो समस्याको मूल हो गलत संबिधानको संरचना । पहिलो कुरा त यो सबैले बुझिदिनु प¥यो जातीयताका आधारमा विश्वका कुनै प्रगतिशील राष्ट्रको विभाजन र संरचना कदापि भएकै छैन । न त अमेरिकामा छ न भारतमा छ न त एशिया यूरोपको कुनै देशमा नै छ । नेपालमा भएका राई, लिम्बू, गुरुङ्, मगर, शेर्पा, तामाङ, थकाली, नेवार, क्षेत्री, ब्राह्मण, थारु, चौधरी आदि जे जत्ति जाति उपजातिहरु छन् ती सबै अनादिकालदेखि नेपालमा जन्मिए, हुर्किए र यही देशका आदिवासीहरु हुन् र स्वरुपतः अखण्ड नेपालवासी नै हुन् । हरेकले  ‘म नेपाली हुँ’ भनी गौरव गरेको पनि देखिन्छ । यस्तो अवस्थामा अनावश्यक जातीयताका नाममा भारतको एउटा सामान्य प्रदेशभन्दा पनि सानो राष्ट्र नेपाललाई टुव्रmा पार्नु भन्नु राष्ट्रलाई मात्र होइन यसमा भएका हरेक जातिलाई कमजोर बनाउनु मात्रै हो ।
भारतको प्रत्येक प्रदेशमा आ–आफ्नो आर्थिक स्रोत प्रशस्त मात्रामा रहेको छ । सिङ्गै नेपाल राष्ट्रमा त्यसको तुलनामा आर्थिक श्रोत सृजित गर्न नसकेको कारणले अधिकांश नवयुवकहरु विदेशतिर धाउनु परिरहेको छ । अब विखण्डन गरेपछि के कुरामा शङ्का छैन भने नेपालको आर्थिक अवस्था अहिलेको भन्दा विकराल हुनजान्छ । डलरको दाँजोमा अहिले नै नेपाली मुद्राको भाउ घटिसकेको छ र दैनिक उपभोगका हरेक बस्तुहरुको मूल्य आकासिँदै गइरहेको छ । सभासदहरुले संविधान बनाउने नाममा बर्षाैं हल्लिएर विताएको खर्च पनि राष्ट्रले बिनाकारण बेहोर्नु परिरहेको देखियो । संबिधान एक त यिनीहरुले बनाउन जानेका छैनन् र बनाइएमा पनि मन नपर्ने जनताले त्यसको प्रतिकार स्वरुप अवश्य नै जलाउने छन् । संबिधानको नाममा जनताका आँखामा केवल धूलो छर्ने काम मात्रै भएको छ । यसकारण नेपाली जनतामा विचार र स्वराष्ट्रप्रति अलिकति पनि प्रेम छ भने स्वराष्ट्रमा यस्तो जटिल, अवास्तव र अव्यवहारिक परिस्थितिलाई सबै किसिमले बिरोध गर्नु पर्छ र एकमात्र हिन्दूराष्ट्र नेपाललाई कुनै हालतमा खण्डित र धर्मनिरपेक्ष बनाउन दिन भएन । सही संबिधान चाहिन्छ, जसमा धर्मनिरपेक्षता हटाएर खुलेआम हिन्दूराष्ट्र घोषित हुनुपर्छ र अखण्ड नेपाललाई अखण्ड नै राख्नु पर्छ । यो जबरजस्ति लाद्ने प्रव्रिmयाका पछाडि पैसाको बलले एकापट्टि विदेशी तत्वहरुले काम गरिरहेका छन् भने अर्कापट्टि आफ्नो धर्म र राष्ट्रियता गुमाएका तथाकथित सभासदहरुको पनि त्यसैमा मिलीभगत देखिन्छ । देशका सादासिधा आदिवासीहरुलाई नाना किसिमका गलत नाराहरुमा उचालेर एक अर्कासित झैझगडा र सङ्घर्ष उत्पन्न गराई, सामाजिक जीवन खल्बल्याई र कमजोर तुल्याई देशलाई पराधीन राखी आफ्नो फाइदाबमोजिम शासनसत्ता हातमा राख्ने दाउ गरेको देखिन्छ । यो सरासर राष्ट्रका प्रति विश्वासघात हो । अङ्ग्रेजीमा यसलाई म्ष्खष्मभ बलम च्गभि उयष्अिथ भनिन्छ । देश टुव्रmा गर र फाइदा लेऊ । यस्ता धूर्त र शैतानहरुको लै–लैमा शिक्षा नपुगेका उपजातिहरु नाच्दै कुद्दै जाने हो भने आखिरिमा खाडलमा पर्नुपर्छ । अतः समय रहँदा रहँदा देशका जनताहरु चनाखो र सावधान रहनु नै उचित देखिन्छ । बर्षौं बसी बसी बिताएर अहिले हतारमा बनाएको यो संबिधानमा जनताको आवाज हिन्दूराष्ट्र र अखण्ड नेपाल लेखिँदैन भने त्यसलाई अवश्य नै ठाउँ ठाउँमा जलाई र सडकमा पूर्ण रुपले उत्रिई आन्दोलन मच्चाई राष्ट्रमा सही सरकार निर्माणमा जनता लाग्नुपर्छ । नभए सम्पूर्ण नेपाली जाति मात्रै होइन दुई अरब हिन्दू जाति नै विश्वका आँखामा नामर्द प्रमाणित हुनजान्छ ।

जय अखण्ड हिन्दूराष्ट्र नेपाल         जय सनातन धर्म         जय पशुपतिनाथ

Sent by Laxman Basnet

No Comments

There are currently no comments on विश्वको एकमात्र हिन्दूराष्ट्र नेपाल. Perhaps you would like to add one of your own?

Leave a Comment