चलचित्र ‘फेसबुक’को कोरियामा भब्य प्रदर्शन ,निर्माता उत्साहित

Written by NEPALINK. Posted in झड्का, मनोरन्जन

Tagged: , , ,

Published on June 11, 2012 with No Comments

शोक मैनाली ,सिओल ,कोरिया। लामो चर्चा र परिचर्चा पाएको नेपाली कथानक चलचित्र फेसबुक कोरियामा भब्य प्रदर्शन गरिएको छ। जुन १० तारिख आइतवार राजधानी सिओल स्थित कुकमिन ह्वीगान हलमा सिओल स्थित नेपाली दूतावासका उपनियोग प्रमुख राजाराम बर्तौलाले पानसमा बत्ती बाकेर उक्त फिल्मको प्रीमिएर शो गरेका थिए ।

उक्त अवशरमा चलचित्रका निर्देशक सुरज सुब्बा ,निर्माता सुनिल कुमार थापा र नायिका झरना थापाले संयुक्त रुकमा केक काटेर चलचित्रको औपचारिक प्रदर्शनी शुरु भएको एकै साथ उद्घोष गरेका थिए।उक्त अवशरमा एन आर एन कोरियाका अध्यक्ष के पी सिटौला ,नेपाली संपर्क समीतीका कार्यबहाक अध्यक्ष शंकर बस्नेत ,नेपाल कोरिया ब्यापार संघका अध्यक्ष मदन केसी ,आयोजक संस्था डाइनामिक मोरङ कमीटीका अध्यक्ष टंक बानिया ,चलचित्र प्रद्र्शनीका संयोजक नवराज सिवाकोटीले पनी साथ दिएका थिए। यंहाको सामाजिक क्षेत्रमा सक्रिय मध्यको एक संस्था डाइनामिक मोरङ कमिटीको आयोजना सम्पन्न उक्त प्रदर्शनीमा दर्शकको उल्लेख्य सहभागिता देखेर चलचित्रका निर्माता थापा उत्साहित देखिन्थे । हाम्रा प्रतिनिधिले उपस्थित दर्शकलाई चलचित्रका बारेमा जिज्ञासा राख्दा राम्रो मात्र नभएर शिक्षा मुलक रहेको पनी प्रतिक्रिया दिएका थिए । अझ कतिपय दर्शकले यो चचित्रले नायिका थापालाई एक सिढी माथी लगेको समेत भन्न पछाडी परेनन्। फेसबुकबाट समाजमा परेको सकारात्मक तथा नकारात्मक प्रभावको बारेमा चित्रण गरि निर्माण गरिएको यो चलचित्र फेसबुक मार्फत भएको प्रेम र द्धन्दलाई उठान गरेर बनाईएको छ।

सामाजिक सन्जाल फेसबुकको प्रयोगको माध्यामबाट शुरु भएको प्रेम र त्यसले उत्पन्न गरेका घटना परिघटनाको वरिपरि चलचित्र घुमेको पाईएको छ। भने नेपाली समाजमा क्षिक्षित युवाले बेरोजगारीका कारणले भोग्नुपरेको समस्या र समाजमा बेरोजगारी समस्याको कारण सिर्जना हुने अपराधिक मनोव्रीतीलाई अत्यन्त रोचक ढंगले पर्दामा उतारिएको छ। चाख लाग्दो कुरा त के छ भने दर्शक संगै चलचित्र हेरिरहेकी नायिका थापा अत्यन्त भावुक देखिन्थिन्। दर्शकले पनी चलचित्रका द्रिश्यलाई बढो रोचक ढंगले हरेका थिए तर चलचित्रका केही द्रीश्य भने रहस्यमय (सस्पेन्स ) छन् न त दर्शकले ले बुझ्न सके न त निर्माता/निर्देशले नै भेउ(बास्तबिकता )खोले । यस बिषयमा नायिका थापा संग जिज्ञासा राख्दा उक्त कुरा केही पछि बताउने बताएर रहस्यलाई झन् झन् रहस्यमय बनाईन्। चलचित्रमा राजेश हमाल र सुनिल थापाको भूमिका प्रभावकारी रहनुको साथै दर्शकले पनी औधी मन पराएका देखीन्थ्यो। चलचित्रमा स्वतन्त्रप्रताप शाह, सुवास थापा, विल्सनविक्रम राई, सुमन गैरे, अनुराग कुवँर, माटिन खान लगायतको अभिनय रहेको छ भने संजय लामाको छायाँकन, रोशन श्रेष्ठको द्धन्द तथा सुनिल बर्देवाको संगीत रहेको छ । सिंगापुर र काठमान्डौमा सुटिङ गरिएको यो चलचित्रको नेपालमा भने साउन दोस्रो साता रिलिज गर्ने बताईएको छ ।

आयोजक मोरङ डाइनामिक कमिटीले उक्त चलचित्रको प्रद्रशनीबाट संकलित रकम नेपाल हाउस र आपतकालिन कोष निर्माणका लागि प्रदान गरिने यस अघि नै बताएको थियो।

No Comments

There are currently no comments on चलचित्र ‘फेसबुक’को कोरियामा भब्य प्रदर्शन ,निर्माता उत्साहित. Perhaps you would like to add one of your own?

Leave a Comment