धरहरा नेपालको सबैभन्दा अग्लो भवन हो । यस्मा ९ वटा तल्लाहरु छन । पहिला यस्मा १२ तल्ला थियो तर १९९०मा आएको महाभुकम्पको कारण भत्कियो र अहिले ९ तल्ला छ ।
१. काठमाडौंको सुन्धारामा अवस्थित धरहरा वि. सं. १८८२ सालमा निर्माण गरिएको हो । महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनास्वरुप धरहराको निर्माण गरिएको हो ।
२. भीमसेन थापा प्रधानमन्त्री भएको बेलामा निर्माण गरिएकोले धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्छ ।
३. सामाजिक तथा प्रशासनिक सूचना र जानकारी दिन तथा भेला गराउन पहिले धरहराको टुप्पोबाट बिगुल बजाउने गरिन्थ्यो । बिगुल बजेको सुनेपछि जङ्गी निजामती कर्मचारीहरु कोत मा वा टुँडिखेलमा जम्मा हुनु अनिवार्य थियो ।
४. वि. सं. १९९० सालको महाभुकम्पले धरहरा पनि भत्कियो । दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमसेर ले साबिक बमोजिम नौ तल्ला नै कायम गरी पुनः निर्माण गरेका थिए । हालको धरहराको सातौं तल्लामा बार्दली छ ।
५. धरहराको उचाइँ ६१.८८ मिटर (२०३ फिट) छ । धरहरा भित्र २१३ सिँढी र बाहिर २५ सिँढी छन् ।
६. धरहराको १८८ सिँढी उक्ले पछि बार्दली आउँछ । बार्दलीबाट काठमाडौं उपत्यकाको अधिकांश भाग सजिलै सँग देखिन्छ ।
७. धरहराको सबैभन्दा माथिल्लो तलामा शिवलिङ्ग छ । टुप्पोमा गजुर रहेको ऐतिहासिक स्मारक धरहरा धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण छ ।
८. धरहराको निर्माण मुगलशैलीमा गरिएको छ भने वरिपरिको पर्खाल पनि सोहि शैलीमा निर्माण गरिएको छ ।
९. धरहराको निर्माण ईटा र बज्र (सुर्की, चून, मास र चाकुको मिश्रण) बाट भएको हो ।
























August 12, 2011 at 3:08 pm
tasbir haru sarhai ramro lagyo….