एउटा अवसर गाई जात्रा [INFOGRAPHIC]

Written by lokendra. Posted in फोटो-व्लग, समाज

Tagged:

Published on August 15, 2011 with No Comments

ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले “जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु” भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको छ ।
यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अझै पनि जारी छ ।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिहरूप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका करुण रसका गीतहरू पनि गाइने चलन छ ।

जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमुना, काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तकहरू विशेष दर्शनीय छन् ।

भक्तपुरमा गाईजात्राका दिन धार्मिक परम्परा अनुसार भैरवको परालबाट निर्मित गाई (रथ) नगर परिक्रमा गराई सो दिनको गाईजात्रा विसर्जन गरिने प्रचलन रहिआएको छ ।

भक्तपुरमा भने गाईजात्रा मनाउने चलन काठमाडौं र ललितपुरमा भन्दा फरक छ । त्यहाँ द्वँ साः, वा साः, तहाः साः -विभिन्न रूपका गाई) र भैलः द्यः-भैरवनाथ) बनाएर नगर परिक्रमा गराइन्छ । यहाँ गाईजात्राको मूल आकर्षण र विशेषता घिन्ताङघिसी र जात्राको अन्तमा ल्याउने परालको भैलः द्यः हो । भैलः द्यः को पछिपछि लाकुलाछेू टोलका बासिन्दाहरूले वासाः बनाएर नगर परिक्रमा गराउँदै जात्रा समापन गरिन्छ ।

भक्तपुरको गाईजात्रालाई घिन्ताङघिसी जात्रा पनि भनिन्छ । मृतकको घर-घरबाट छ्वाली, लामो बास, काठ आदिको प्रयोग गरी तायमचा खट निर्माण गरिन्छ । मृतकको तस्बिर राखी पुरोहितद्वारा पुजाआजा गरी बाजागाजाका साथ नगरपरिक्रमा गरिन्छ । यतिबेला खटको पछिपछि ख्याल प्याखू, खिंद्याः धिमे बासुरी आदि बाजाको तालमा कथिप्याख-लट्ठी नृत्य) पनि प्रदर्शन हुन्छ । नगरका विभिन्न भागबाट पाँचतले मन्दिर र भैरवनाथ देगलमा पुगेपछि घिन्ताङघिसी नाच सकिन्छ ।

गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गर्ने र पत्रपत्रिकाहरूमा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गर्ने गरिन्छ ।

गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा र पोखरामा मनाइन्छ ।

Photos:

gai-jatra-photos

मेरो सानो गाऊ, किसीपिडीको जात्रा स्थल

Newari Traditional Dress

नेवारी हाकु पटासीमा सजिएका/की गाई जात्राको श्रृंगार

chilli-garlands-nepal

राता सुकेका खुर्सानीका मालाले सजिएका पर्खालहरु

gaijatra-spectators

दर्शक को भीड़ घर, शत्तल, जता ततै

lakhe-dance-nepal

जात्राको रौनक, लाखे (मुकुन्दो लगाएका लोक बाजा सहित)

लाखे

लाखे

gaijatra-end

जात्राको climax मान्छेहरु प्रसाद भेट्न पोखरीमा हाम फाल्दै

For Nepalink.com =>Manika Maharjan

No Comments

There are currently no comments on एउटा अवसर गाई जात्रा [INFOGRAPHIC]. Perhaps you would like to add one of your own?

Leave a Comment